बुधबार, फागुन २०, २०८२

श्रीलंकामा सन् २०२२ मा करिब ५० हजार डेंगु संक्रमित

श्रीलंकामा सन् २०२२ को आठ महिनामा करिब ५० हजार डेङ्गुका बिरामी फेला परेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले जनाएको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

कोलम्बो- श्रीलंकामा सन् २०२२ को आठ महिनामा करिब ५० हजार डेङ्गुका बिरामी फेला परेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आठ महिनामा ४९ हजार ९४१ जना डेङ्गुको उपचारका लागि अस्पताल भर्ना भएका छन्। कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कूल सङ्क्रमितमध्ये ५० प्रतिशत  भेटिएका छन्। 

कोलम्बो नगर परिषद् (सीएमसी) का प्रमुख मेडिकल अफिसर रुवान विजेमुनिले कोलम्बोमा १२ हजार ७५४, गाम्पाहामा सात हजार ४९६ र कालुतारामा चार हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

डेङ्गु सार्ने लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने रसायन र कीटनाशक औषधि खरिदका लागि सिएमसीसँग रकम अभाव हुँदा वार्षिक लामखुट्टे नियन्त्रण कार्यक्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको विजेमुनिले बताए। विजेमुनीका अनुसार डेङ्गुका बिरामी सामान्यतया जून र अगस्ट  तथा नोभेम्बरदेखि जनवरीको बीचमा बढ्ने गरेका छन्। इन्धनअभावका कारण पनि लामखुट्टे उन्मूलन अभियान प्रभावित भएको उनले बताए। 

प्रकाशित: Aug 22, 2022| 04:22 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।