बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उत्तरपश्चिम चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

उत्तरपश्चिम चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा बाढीका कारण २६ जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण आएको हिमाली आँधीबाट अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

बेइजिङ- चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा बाढीका कारण २६ जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण आएको हिमाली आँधीबाट अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

राति १०-२५ बजेबाट सुरु भएको भारी वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजार २४५ बासिन्दा  प्रत्यक्ष प्रभावित भएका छन्। 

मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भई  बाढी गाउँ प्रवेश गरेको थियो।

यसअघि बेपत्ता भएका २३ जनाको पनि उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः चालु भएको छ भने सडक र पुल पनि सञ्चालनमा आएका छन्।

प्रकाशित: Aug 22, 2022| 00:25 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।