शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पानीको सतह घटेपछि नदी किनारमा भेटिए पुराना बुद्धमुर्ति

पानीको सतह घटेपछि नदी किनारमा भेटिए पुराना बुद्धमुर्ति

एक ढुंगामा बनाइएका तीन मुर्ति भेटिएका हुन्। मिङ वा क्विङ वंशका भनिएका ती मुर्तिमध्ये एकमा कमलासनमा बसेका बुद्ध कुँदिएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

बेइजिङ- याङ्ती नदीमा पानीको सतह घटेपछि पुरानो बुद्धमुर्ति भेटिएको छ। चीनको दक्षिणपश्चिमी सहर चोङक्विङ सहर नजिकैको क्षेत्रमा नदी किनारमा करिब ६ सय वर्ष पुरानो बुद्धमुर्ति भेटिएको सिन्ह्वाले समाचार प्रकाशन गरेको छ। 

National life

एक ढुंगामा बनाइएका तीन मुर्ति भेटिएका हुन्। मिङ वा क्विङ वंशका भनिएका ती मुर्तिमध्ये एकमा कमलासनमा बसेका बुद्ध कुँदिएको छ। 

चीनको दक्षिण पश्चिमी क्षेत्रमा खडेरी लागेपछि याङ्ती नदीमा पानीको सतह निरन्तर घटिरहेको छ। यस वर्षको जुलाई महिनायताको तथ्यांकअनुसार नदीक्षेत्रमा करिब ४५ प्रतिशत कम वर्षा भएको छ। यसका साथै अझै कम्तीमा पनि एक साता यो क्षेत्रमा पानी नपर्ने मौसमविद्हरूले आकलन गरेका छन्। 

यसपालि ३४ काउन्टीका ६६ नदीमा पानीको सतह कम भएको छ। 

प्रकाशित: Aug 21, 2022| 22:13 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।