बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी राष्ट्रपतिले हिंसाविरुद्ध 'एकता शिखर सम्मेलन' आयोजना गर्ने

अमेरिकी राष्ट्रपतिले हिंसाविरुद्ध 'एकता शिखर सम्मेलन' आयोजना गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन्। सम्मेलनको मुख्य उद्देश्य अमेरिकामा घृणाले उत्तेजित हिंसाको विरूद्ध लड्ने रहेको र त्यसको नारा "राष्ट्रको आत्मालाई निको पार्ने" अभियान रहने बताइएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन्। सम्मेलनको मुख्य उद्देश्य अमेरिकामा घृणाले उत्तेजित हिंसाको विरूद्ध लड्ने रहेको र त्यसको नारा "राष्ट्रको आत्मालाई निको पार्ने" अभियान रहने बताइएको छ।

ह्वाइट हाउसले सो बारे शुक्रबार घोषणा जानकारी दिंदै राष्ट्रपति बाइडेनले सार्वजनिक सुरक्षा र लोकतन्त्रलाई  बलियो बनाउन आगामी सेप्टेम्बर १५ मा युनाइटेड वी स्ट्यान्ड शिखर सम्मेलनको आयोजना गर्ने जनाएको छ। एल पासो, टेक्सास, पिट्सबर्ग र ओक क्रिक, विस्कॉन्सिन लगायत शहरहरूमा घृणा-सञ्चालित हिंसालाई न्यूनीकरण र सम्बोधन गर्ने लक्ष्य राख्दै सो सम्मेलन आयोजना हुनेछ। 

गत मे महिनामा न्युयोर्कको बफेलो, सुपरमार्केटमा १० जना काला जातिका मानिसहरू मारिएपछि अधिकारकर्मीहरूले राष्ट्रपति बाइडेनलाई  जातीय हिंसा विरुद्ध लड्ने यस्ता कार्यक्रम आयोजना गर्न दबाब दिएका थिए।

सो सम्मेलनले  घृणा र उत्तेजना नियन्त्रित जातीय हिंसा लगायातका अन्य विभेदको अन्त्यका लागि उबाब सृजना गर्ने अपेक्षा गरिएको छ।  


kumari

प्रकाशित: Aug 21, 2022| 23:55 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।