शनिबार, जेठ २, २०८३

सुनसान छ गिरिको आश्रम, जिर्ण छ पैतृक घर

पञ्चायतकालमा गाउँको पञ्चायत गर्न स्व. गिरिका बुवा मित्रलालले बनाएको ऐतिहासिक कचहरी घर संरक्षणको पर्खाइमा छ। स्व. गिरिले पैतृक घर छाडेर गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए। कुनै बेला गाउँका नेता कार्यकर्ताको बाक्लै उपस्थिति रहने उक्त आश्रममा आज दिउँसो पुग्दा सुनसान थियो।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

लहान- दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्‍नाटा छाएको थियो। लहान बजारदेखि करिब ६ किलोमिटरको दूरीमा रहेको बस्तीपुर कांग्रेस नेता प्रदीप गिरिको शोकमा डुबेको थियो। कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन्। उनीहरुका आँखा ओभाएका पनि थिएनन्। 

National life

समाजवादी चिन्तक स्व. गिरिको पुख्यौंली घर पुग्दा ढोका बन्द थियो। उनको पैतृक घर जीर्ण अवस्थामा थियो। उक्त पक्की घर गिरिका बुवा स्व. मित्रलाल गिरिले बनाएका हुन्। घरको माथिल्लो भागमा बिरुवासमेत उम्रिएका छन्। सबै आफन्त राजधानी काठमाडौं र विराटनगरमा बस्‍न थालेपछि पैतृक घर जीर्ण बनेको गाउँलेले बताए। 

'दाजुभाईहरु धेरै पहिलादेखि नै बाहिरै बस्‍न थाल्नुभएको छ,' स्थानीय चेतबहादुर भुजेलले भने, 'घरको स्याहार गर्ने कोही हुनुहुन्न, उहाँका आफन्तहरुले पनि धेरै पहिला नै गाउँ छोडिसक्नुभएको छ।' पुर्ख्यौली घरमा स्व. गिरिकी बहिनी डा. मन्जुला गिरि कहिलेकाहीँ आएर बस्‍ने गरेको उनले बताए। 'घरको स्याहार हुन सकेको छैन,' भुजेलले भने।

पञ्चायतकालमा गाउँको पञ्चायत गर्न स्व. गिरिका बुवा मित्रलालले बनाएको ऐतिहासिक कचहरी घर संरक्षणको पर्खाइमा छ। स्व. गिरिले पैतृक घर छाडेर गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए। कुनै बेला गाउँका नेता कार्यकर्ताको बाक्लै उपस्थिति रहने उक्त आश्रममा आज दिउँसो पुग्दा सुनसान थियो। 

सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित स्व. गिरिले शान्त रुपमा बस्‍न र थकाइ मेटाउन गाउँ नजिकै उक्त आश्रम बनाएको स्थानीयले बताए। मूल व्यक्ति नै सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएकाहरु शोकमा डुबेका थिए। शुभेच्छुक तथा नेता कार्यकर्ता स्व. गिरिलाई श्रद्धाञ्जली दिन राजधानीतर्फ हिँडेका आश्रममा बस्दै आउनुभएका दीप परियारले बताए।

'प्रदीप सर यहाँ हुँदा दिनहुँ भीड लाग्थ्यो। उहाँको निधनको खबर सुनेपछि यहाँका धेरै व्यक्ति गए राति नै राजधानी गइसक्नुभयो,' उनले भने, 'उहाँ आएको खबर पाउने बित्तिकै गाउँले तथा विभिन्न पार्टीका नेता कार्यकर्ता भेट्न  आश्रममा आउनुहुन्थ्यो।'

'अब हाम्रो बिजोग हुने भयो, हामी अभिभावक विहीन भएका छौँ,' आश्रमको रेखदेख गर्दै आएका रामकृष्ण चौधरीले भने, 'पहिला भीडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाई बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि आश्रममा आउनै छाडे।'

करिब ६ बिघा क्षेत्रफलमा फैलिएको उक्त आश्रममा स्व. गिरिले थुप्रै दलित तथा सुकुम्वासीलाई जग्गा दिएर बसाएका छन्। इँट्टाको पर्खाल र जस्ताले छाएको उक्त आश्रममा बसेर नै स्व. गिरिले राजनीतिक र सामाजिक गतिविधि गर्दै आउनुभएको चौधरीले बताए। 'प्रदीप दाईले आश्रमभित्रै बैठक कक्ष बनाउनुभएको छ। अब उहाँको निधनपछि आश्रमको भविष्य के हुन्छ भन्ने अन्यौलता बढेको छ,' उनले भने। 

प्रकाशित: Aug 21, 2022| 21:37 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।