शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भागी विवाह छुटाइ दिएपछि कञ्‍चनपुरमा युवायुवती मृत अवस्थामा फेला

भागी विवाह छुटाइ दिएपछि कञ्‍चनपुरमा युवायुवती मृत अवस्थामा फेला

कञ्‍चनपुरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ का १८ वर्षीय दिनेश भट्ट र कृष्णपुर–५ बस्‍ने १८ वर्षीया पूजा देउवा आइतबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

कञ्‍चनपुर- कञ्‍चनपुरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ का १८ वर्षीय दिनेश भट्ट र कृष्णपुर–५ बस्‍ने १८ वर्षीया पूजा देउवा आइतबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ।

National life

प्रहरीका अनुसार केही समयअघि उनले भागी विवाह गरेका थिए। विवाहपछि पूजाका परिवारले इलाका प्रहरी कार्यालय गुलरियामा ठाडो उजुरी दियो। उजुरी आएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको र युवायुवतीको उमेर नपुगेको कारणले अभिभावकको जिम्मा लगाउने सहमति भयो। 

सोही सहमति अनुसार दुबै पक्षका अभिभावकले आ-आफ्नो छोराछोरीको जिम्मा लिएका थिए। भागी विवाह गरेका उनीहरुले अभिभावकको दबाबमा छुट्नुपरेको थियो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले भने, 'केही दिनअघि दिनेशले प्रेम विवाह गर्ने भन्दै पूजालाई भगाएर आफ्नो घर लगे। पूजाका परिवारले इलाका प्रहरी कार्यालय गुलरियामा ठाडो उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गर्‍यो। छलफलमा युवायुवतीको उमेर नपुगेको कारणले अभिभावकको जिम्मा लगाउने सहमति भयो। 

तर, आइतबार बिहान दिनेश आफ्नो घरको कोठामा र पूजा दिउँसो करीब साढे ४ बजे आफ्नो घरको कोठामा मृत अवस्थामा फेला परे। दुवै जना मृत भेटिएको घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 21, 2022| 21:25 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।