शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पूर्व मेयर र उपमेयरसहित पाल्पामा एमालेका १७ जना नेकपा एस प्रवेश

पूर्व मेयर र उपमेयरसहित पाल्पामा एमालेका १७ जना नेकपा एस प्रवेश

पाल्पामा पूर्व मेयर र उपमेयरसहित नेकपा एमालेका १७ जना नेता नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

बुटवल- पाल्पामा पूर्व मेयर र उपमेयरसहित नेकपा एमालेका १७ जना नेता नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन्।

National life

तानसेन नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार शाही र पूर्वउपमेयर लक्ष्मीदेवी पाठकलगायतले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै एमाले प्रवेश गरेको बताएका हुन्। उनीहरुले व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने काम बढ्दै गएको आरोप लगाएका छन्।

एमाले छाड्नेमा नेताहरू भिमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे छन्।

नागरिकले विश्वास गरेकै कारण दुई तिहाइ जनमत प्राप्त उपलब्धिलाई जोगाउन नसक्नु, २-२ पटक संसद् विघटन गर्नु र सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनर्स्थापना गर्दा पनि पार्टीभित्र समीक्षा गर्न तयार नभएको भन्दै पार्टीबाट विद्रोह गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: Aug 21, 2022| 18:20 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।