शुक्रबार, मंसिर १२, २०८२

असारे विकास रोक्न बुटवलमा माघभित्रै ठेक्का

बुटवल उपमहानगरपालिकाले असारे विकास रोक्ने गरी विकास निर्माणमा सम्झौता गर्न कार्यसञ्चालन तालिका बनाएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

बुुटवल–  बुटवल उपमहानगरपालिकाले असारे विकास रोक्ने गरी विकास निर्माणमा सम्झौता गर्न कार्यसञ्चालन तालिका बनाएको छ। आइतबार बसेको कार्यपालिका बैठकले मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने तालिका स्वीकृत गर्ने निर्णय गरेको हो।

National life

नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्ने निर्णय गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए। बैठकले क्रमागत योजनाहरु मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरुको सुपरिवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरेको छ। नगर क्षेत्रभित्रका अव्यवस्थित बसोबासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्शांकन प्रक्रिया अघि बढाउने निर्णय भएको रानाले बताए।

त्यसैगरी कार्यपालिका बैठकले नगरको खर्चमा मितव्ययिता अपनाउनका लागि कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको छ। बैठकले बुटवल १५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ।

यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता रानाले बताए।  


Laxmi sunrise bank
kumari


प्रकाशित: Aug 21, 2022| 18:11 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।