शुक्रबार, असोज ९, २०८३

‘रामदेव तेल’ ले ल्यायो चाडपर्व लक्षित उपहार योजना

गणपति वनस्पति प्रालिद्धारा उत्पादित तथा बिक्री बितरण गर्दै आइरहेको ‘रामदेव तेल’ ले आकर्षक उपहार योजना ल्याएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं– गणपति वनस्पति प्रालिद्धारा उत्पादित तथा बिक्री बितरण गर्दै आइरहेको ‘रामदेव तेल’ ले आकर्षक उपहार योजना ल्याएको छ।

शुरु हुन लागेको नेपालीहरुको महान चाड तीजदेखि छठ पर्वलाई लक्षित गरेर उसले ‘चाड–पर्वको बहार हरेक हप्ता आकर्षक उपहार’ योजना सार्वजनिक गरेको हो। जस अनुसार यो योजनामा डिजिटल मिडिया फेसबुकमार्फत प्रतिस्पर्धा हुने र यसमा जोसुकैले भाग लिन सकिने शुक्रबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ। 

हरेक हप्ता २ जना बिजेतालाई ‘लक्की ड्र’ मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको छ। जनाइए अनुसार प्रत्येक बिहिबार बिजेता फेसबुकमार्फत घोषणा हुने र प्रत्येक शुक्रबार पुरस्कार वितरण गरिनेछ। बिजयीहरुलाई हरेक हप्ता आइरन र रामदेव सनफलावर तेल पुरस्कार दिइने कम्पनीले जनाएको छ । 

प्रालिद्वारा उत्पादित रामदेव तोरीको तेल, सूर्यमुखी तेल र भटमासको तेल काठमाडौं र पोखरामा विभिन्न मार्ट तथा पसलहरुबाट खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ।


प्रकाशित: Aug 21, 2022| 17:13 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्