शुक्रबार, असोज ९, २०८३

सुपर एप क्याटेगोरीतिर भाइबर

राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिन भाइबरलाई फिनटेक श्रेणीमा पनि ल्याउने भएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिन भाइबरलाई फिनटेक श्रेणीमा पनि ल्याउने भएको छ। भाइबरको प्रमुख कार्यकारी निर्देशकमा हालै नियुक्ति पाएका ओफिर इयालले उक्त योजना ल्याएका हुन्।

प्रयोगकर्तालाई भाइबरको प्लेटफर्मभित्र डिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै भाइबर ‘इन–एप’ पेमेन्ट सर्भिस सुरु गर्न लागिएको पनि भाइबरले जनाएको छ। बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिलाई पैसा ट्रान्सफर गर्न भाइबरको ‘पेमेन्ट सर्भिस’ बैंक अकाउन्ट एवम् भिजा र मास्टरकार्डसँग लिंक गर्न सकिने कम्पनीको भनाइ छ।

‘विविध व्यवधानका बीच कम्पनीको उद्देश्य प्राप्तिका निम्ति लागिरहँदा म ज्यादै गौरवान्वित महसुस गरिरहेको छु,’ ओफिर इयालले भने, ‘प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न र एक सुपर एप बन्न एप सञ्चालन र विस्तार गर्ने कुरामा हामी भाइबरको उच्च मापदण्ड र नवीन भावना कायम राख्न चाहन्छौं।’


प्रकाशित: Aug 21, 2022| 17:10 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्