बिहीबार, फागुन २९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • पूरा भएन प्रदीप गिरीको अन्त्येष्टि गर्ने बस्तीपुरवासीको इच्छा

पूरा भएन प्रदीप गिरीको अन्त्येष्टि गर्ने बस्तीपुरवासीको इच्छा

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरे पनि त्यो इच्छा पूरा हुन सकेन।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

लहान- नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरे पनि त्यो इच्छा पूरा  हुन सकेन। शनिबार राति काठमाडौंमा निधन भएका गिरीको अन्तिम संस्कार पशुपतिस्थित आर्यघाटमा आइतबार गरिएको छ।

health

समाजवादी चिन्तनक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले उनको शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्न बस्तीपुरवासीको आग्रह थियो। 'उहाँले हामीसँग भेट्दा जहिले पनि म मरेपछि मेरो अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुहुन्थो,' बस्तीपुरका ८० वर्षीय फेकु महतोले भने, 'त्यसैले उहाँको शव गाउँमा ल्याउनुपर्यो, हामी उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन आतुर छौँ। उहाँलाई हामी गाउँमै सम्मानका साथ अन्तिम संस्कार गर्न चाहेका छौँ।'

'प्रदीप बाबुभन्दा म कान्छो भए पनि बाल्यकालमा हामी सँगै खेल्थ्यौँ,' महतोले सुनाए, 'उहाँको निधन भएको खबरले असाध्यै पीडा भइरहेको छ, उहाँलाई अन्तिम दर्शन गर्ने हाम्रो इच्छा छ।' त्यो इच्छा पूरा गर्न उनले सबैसँग आग्रह गरे।

'प्रदीप दाइ हाम्रो गाउँकै अभिभावक हुनुहुन्थ्यो। उहाँको यो समाजमा धेरै ठूलो योगदान छ, त्यो योगदानको सम्मान गर्ने हामीलाई मौका दिनुपर्छ। उहाँलाई हामी गाउँलेले ससम्मान अन्तिम संस्कार गर्छौं। हामीले उहाँको बुवा मित्रलाल गिरीको पनि गाउँमै अन्तिम संस्कार गर्यौं। प्रदीप बाबुको पनि गाउँमै संस्कार गर्न चाहन्छौँ, हाम्रो त्यो चाहना पूरा हुनुपर्छ,' बस्तीपुर गाउँका चलितर साहले भने।

शान्त र शालिन स्वाभावका व्यक्तित्व नेता गिरीले पुर्खौली गाउँ बस्तीपुर नजिकै खुट्टी खोलाको पश्चिम किनारमा आश्रम बनाएर बस्दै आएका थिए। सो आश्रममा रेखदेख गर्दै आएका स्थानीय रामकृष्ण चौधरीले भने, 'प्रदीप दाइले कुराकानीका क्रममा मेरो अन्तिम संस्कार आश्रममै होस् भन्ने इच्छा रहेको भन्नुभएको थियो। त्यसैले पनि उहाँको यही नै अन्तिम संस्कार हुनुपर्छ भन्ने हाम्रो कुरा भनाइ हो।'

नेता गिरीको निधनमा शोकाकुल भएका गाउँले उनको राजधानीमै अन्तिम संस्कार हुने खबर पाएपछि थप पीडामा परेका छन्। 'जन्मथलोमै उहाँको अन्तिम संस्कार गर्दा हामीलाई पनि न्याय हुन्थ्यो। उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो, त्यसैले उहाँको अन्तिम दर्शन हामीले गर्न पाउनुपर्छ। हामीलाई त्यो अधिकारबाट बञ्चित गराउनु हुँदैन,' आश्रममै बस्दै आएकी जितनीदेवी रामले भनिन्।

समाजवादी चिन्तनका नेता गिरीको निधनले उनको गाउँ बस्तीपुर शोकमा डुबेको छ। २००४ सालमा जन्मिएका गिरी विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। उनी गत २०७४ सालको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। आफूहरुले मत दिए जिताएका अभिभावक गिरीको उपचार काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले हिजो बिहानैदेखि गाउँमा भजनकीर्तनसमेत गरेका थिए।                             

प्रकाशित: Aug 21, 2022| 16:52 आइतबार, भदौ ५, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।