शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २० वर्षपछि नेपाल रोबोकोन प्रतियोगिताको सेमिफाइनलमा

२० वर्षपछि नेपाल रोबोकोन प्रतियोगिताको सेमिफाइनलमा

यो वर्षको एबीयू रोबोकोनमा लघोरी खेल खेलाइएको थियो। त्यसमा हरेक सहभागी देशका विश्वविद्यालयले दुई रोबोट तयार गर्नुपर्ने थियो। त्यसमा एउटा रोबोटले फर्मका डिक्स ढाल्ने काम गर्छ भने अर्कोले मिलाउने काम गर्छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- भारतको नयाँदिल्लीमा जारी एबीयू रोबोकोन प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ। सन् २००१ देखि सहभागी हुन थालेको नेपाल २० वर्पछि पहिलो पटक सेमिफाइनल पुगेको हो। 

प्रतियोगितामा नेपालसँगै कम्बोडिया, हङकङ र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन्। समूह एमा रहेको नेपालले पहिलो खेलमा भारतको टिम 'ए' (निरमा विश्वविद्यालय)लाई हराएको थियो।

यो वर्षको एबीयू रोबोकोनमा लघोरी खेल खेलाइएको थियो। त्यसमा हरेक सहभागी देशका विश्वविद्यालयले दुई रोबोट तयार गर्नुपर्ने थियो। त्यसमा एउटा रोबोटले फर्मका डिक्स ढाल्ने काम गर्छ भने अर्कोले मिलाउने काम गर्छ।

यसै आधारमा दिइएको अंकमा नेपालले पहिलो खेलमा ५५ अंक पाएको थियो भने निरमा विश्वविद्यालयले ५० अंक पाएको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले ६५ अंक पाउँदा थाइल्यान्डले ४० अंक पायो। एउटा खेलमा एक टिमले ७५ अंकसम्म पाउन सक्ने थियो।

चार टिम सम्मिलित समूह एबाट दुई जितसँगै नेपाल सेमिफाइनलमा पुगेको हो। प्रतियोगितामा चार समूह रहेका छन्। सबै समूहको विजेता सेमिफाइनलमा पुग्नेछ। नेपालले भारत र थाइल्यान्डलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। नेपालले इजिप्टसँग भने खेल्नु परेन।

समूह ए बाहेक बाँकी सबै टिममा समान ३–३ टोली रहेका छन्। ‘अब सेमिफाइनलमा नेपालले कुन टिमसँग प्रतिस्पर्धा गर्ने हो त्यो टाइसिट आएपछि थाहा हुन्छ,’ नेपाली टिमका लिडर प्रजु पन्तले नेपाल समयसँग भने, ‘हामीले सोचेभन्दा राम्रो भएको छ। हामीले दुवै खेले जित्यौँ।’

प्रतियोगिताबाट जापान, चीनलगायतका देश भने बाहिरएका छन्। दुई खेल्न जित्नेमा चार टिम मात्रा रहे। तिनै चार टिम अर्को चरणमा पुगेका छन्। आयोजक भारतका भने दुबै टिम बाहिरिएका छन्।

नेपालले एबीयू रोबोकोनको पहिलो प्रतियोगिता(सन् २००१) बाट नै सहभागिता जनाउँदै आएको छ।


प्रकाशित: Aug 21, 2022| 16:32 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्