आइतबार, असोज २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कृषिमा आत्मनिर्भर बन्न सामुदायिक फार्म सञ्चालन

कृषकलाई व्यावसायिक बनाएर आधुनिक कृषिमा जोड दिँदै उनीहरूलाई नमूनाका रूपमा देखाउन गाउँपालिकाले करिब ६० लाख रुपैयाँको लागतमा कृषि फार्म सञ्चालनमा ल्याएको हो।
 |  आइतबार, भदौ ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

भोजपुर- भोजपुरको आमचोक गाउँपालिकाले कृषिमा आत्मनिर्भर बन्न आफ्नै लगानीमा घारे सामुदायिक कृषि फार्म सञ्चालनमा ल्याएको छ। कृषकलाई व्यावसायिक बनाएर आधुनिक कृषिमा जोड दिँदै उनीहरूलाई नमूनाका रूपमा देखाउन गाउँपालिकाले करिब ६० लाख रुपैयाँको लागतमा कृषि फार्म सञ्चालनमा ल्याएको हो।

triton college

करिब एकसय २० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर कृषि फार्म सञ्चालन गरिएको छ। पूर्वको एक नमूना कृषि फार्म बनाउने गाउँपालिकाले जनाएको छ। यसलाई कृषि अनुसन्धान स्थलका रूपमा स्थापित गर्ने लक्ष्यसाथ माछापालन, कागती खेती, बाख्रापालन फलफूल तथा तरकारीखेती गरिएको छ। 

यो गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। फार्ममा अहिले प्रत्यक्षरूपमा तीन जनाले रोजगारी पाएका छन्। कृषिमा चासो राख्ने कृषकले फार्ममा गएर पशुपालन, फलफूल तथा तरकारी खेती प्रविधिका विषयमा प्रत्यक्षरूपमा ज्ञान लिन सक्नेछन्। 

खेतीमा नयाँ प्रविधि भित्र्याएर यहाँको भूमिलाई कृषि पर्यटनका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले बताए। परम्परागत खेती प्रणाली निर्वाहमुखी मात्र भएकाले स्थानीय कृषकलाई व्यावसायिक खेतीमा जोडेर गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने सोच रहेको अध्यक्ष राईको भनाइ छ।

घारे सामुदायिक कृषि फार्मको नामबाट सञ्चालनमा आएको यसलाई एक कृषि अनुसन्धान गर्ने ठाउँका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ। त्योसँगै गाउँपालिकाको आन्तरिक आर्थिक स्रोतका रूपमा स्थापित गर्ने उनले बताए। फार्मलाई उत्पादन र रोजगारसँग जोडेर लैजाने उनको भनाइ छ।

Metro Mart
vianet

आगामी दिनमा स्थानीय ऐनको निर्माण गरेर निजी लगानी कर्ता भित्रयाएर थप विस्तार गरेर लैजाने गाउँपालिकाले जनाएको छ। लगानीका आधारमा फार्मबाट आएको आम्दानीलाई गाउँपालिकाको आयस्रोतका रूपमा राख्ने जनाइएको छ। ‘यो फार्म सञ्चालनका लागि गाउँपालिकाको आफ्नै नीति बनाउछौँ’, अध्यक्ष राईले भने, ‘त्यही नीतिका आधारमा यसको विकास तथा विस्तारमा जोड दिएर गाउँपालिकाको आर्थिक स्रोतका रूपमा विकास गर्ने योजना छ।’

फार्ममा कागती, एभोकार्डो, किबी, टिमुर, आँप लिचीलगायत फलफूलका बिरुवामा उत्पादन भइरहेको छ। आधुनिक प्रविधिको खोरमा बाख्रापालन, माछापालन भइरहेको छ। त्यस्तै टमाटर, प्याज, बन्दाकोभीलगायत विभिन्न खालका तरकारीको खेती थालिएको छ। कृषकलाई प्रत्यक्षरूपमा खेतीका विभिन्न प्रविधिका विषयमा जानकारी दिएर सिकाउँदा काम गर्न सहज हुने गाउँपालिकाका कृषि शाखा प्रमुख भूमिश्वर यादवले जानकारी दिए। 

आफूले खेती गर्दा नजानेको कुरा फार्मबाट सिक्ने अवसर पाएको स्थानीय कृषक शिवकुमार राईले बताए। ‘गाउँपालिकाले नै फार्म सञ्चालन गरेर नमुनायोग्य काम गरेको छ’, कृषक राईले भने, ‘हामीलाई फार्मबाट धेरै सिक्ने अवसर मिलेको छ। खेतीको नयाँ प्रविधिका विषयमा जान्न मन लागेमा यहाँ आएर हेर्छौं।’

गाउँपालिकाले सञ्चालन गरेको फार्ममा रोजगारी पाउँदा खुसी लागेको स्थानीय समीक्षा मगरले बताइन्। विदेशमा श्रम गर्न जानुभन्दा आफ्नै ठाउँमा कृषि कर्ममा रमाउन पाउँदा खुसी लागेको उनको भनाइ छ। काम गर्दै सीप सिक्ने अवसर पाएको उनले बताइन्। मगरले भनिन्, ‘आफ्नै ठाउँमा रोजगारी पाउँदा निकै खुसी लागेको छ। हामी तीन जनाले यहाँ रोजगारी पाएका छौँ। यसको विस्तार हुँदै जाँदा अझै अन्य स्थानीयले पनि रोजगारी पाउने अवस्था छ।’

गाउँपालिकाले यहाँ चिया खेतीसमेत विस्तार गरिरहेको छ। करिब एक हजार पाँच रोपनी क्षेत्रमा लगानी गरेर काम भइरहेको गाउँपालिका उपाध्यक्ष सीता राईले बताइन्। दक्षिणी क्षेत्रबाट तराईका जिल्लासँग दूरी छोटो भएकाले यो क्षेत्र भविष्यमा धनकुटाको भेडेटारजस्तै बन्ने सम्भावना रहेको उपाध्यक्ष राईको भनाइ छ। चिया खेती विस्तारको काम पनि धमाधम भइरहेको छ।   -रासस

प्रकाशित: Aug 21, 2022| 14:08 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्