सोमबार, जेठ १८, २०८३

मदिराले मातेका बाबुले छोरामाथि हँसिया प्रहार गरेपछि…

 |  शनिबार, असोज १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १९, २०८१

लमजुङ- मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ। 

National life

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए।

त्यसपछि उनीहरूबीच विवाद भएको थियो। सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा गम्भीर निजको मृत्यु भएको हो।

अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ। मृतककी एक छोरी र श्रीमती छन्। समयमा अस्पताल पुर्‍याउन सकिएको भए निजको ज्यान जोगिनसक्ने तामाङका छिमेकीले बताएका छन्। 

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजाँदा आज बिहान मृत्यु भएको हो।

Shivam cement

प्रकाशित: Oct 05, 2024| 15:31 शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्