सोमबार, फागुन १८, २०८२

विश्वस्तरीय केनसँग काम गर्न पाउँदा खुसी छु : कोन्टे

टोटेनहमका लागी कप्तान ह्यारी केनले गोल गरेका थिए। उक्त गोलसँगै केनले कीर्तिमान पनि बनाएका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- प्रिमियर लिगमा गए राती भएको खेलमा टोटेनहमले ओल्धलाई १-० ले पराजित गरेको छ। टोटेनहमका लागी कप्तान ह्यारी केनले गोल गरेका थिए। उक्त गोलसँगै केनले कीर्तिमान पनि बनाएका छन्।

प्रिमियर लिगमा एउटै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। सर्जियो अगुइरोले म्यानचेस्टर सिटीका लागी १८४ गोल गर्दै सर्वाधिक गोलको कीर्तिमान बनाएका थिए, तर हिजोको गोलसँगै केनले टोटेनहमका लागी १८५ गोल गरेका छन्।

kumari

 प्रशिक्षक कोन्टेले केनको प्रदर्शनलाई प्रशंसा गर्दै उनी विश्व स्तरीय खेलाडी रहेको बताएका छन्। बीबीसी स्पोर्टससंग कुरा गर्दै उनले भने ‘हामी सबैलाई थाहा छ केन हाम्रो टिमका लागि धेरै महत्त्वपूर्ण खेलाडी हुन्। उनी वास्तवमै उच्च स्तरका खेलाडी हुन्। म उनले गरेको गोलबाट धेरै खुसी छु। उनी विश्वस्तरीय खेलाडीका साथै बहुकलात्मक खेलाडी पनि हुन्। उनी सँग काम गर्न पनि धेरै सहज हुन्छ। म केन जस्तो खेलाडीसँग काम गर्न पाउँदा निकै खुसी छु। केनले व्यक्तिगत तर्फ ठुलो उपलब्धि हासिल गरेका छन्। यो उनको लागी धेरै ठुलो कुरा हो तर हामी टिमका सबै मिलेर क्लबलाई नै उपाधि दिलाउने प्रयासमा छौ।’

प्रकाशित: Aug 21, 2022| 14:08 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।