शनिबार, साउन २३, २०८३

सानेपामा गिरीको पार्थिव शरीरमा देउवा ओढाए पार्टीको झण्डा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

श्रद्धाञ्जली दिनको लागि गिरीको पार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा राखिएका छ। देउवाले सानेपा पुगेर गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सानेपा पुगेर गिरीलाई श्रद्धाञ्जली दिएका छन्।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरिको अस्पतालमै शनिबार राति ९:३० बजे निधन भएको थियो।

स्वर्गिय गिरीको पार्थिव शरीर अहिले बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।

प्रकाशित: Aug 21, 2022| 12:41 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...