मंगलबार, जेठ २६, २०८३

म अन्तिमपटक चुनाव लड्छु : पूर्वप्रधानमन्त्री खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताएका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

बुटवल- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताएका छन्। 

National life

इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट चुनाव लड्ने उनले बताए। गुल्मीको कार्यक्रमका लागि आएका खनालले आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्गतराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उक्त कुरा बताएका हुन्।

चुनाव नलड्ने चर्चा छ नी भन्ने पत्रकारको जिज्ञासामा खनाले भने, ‘जनतासँगको माया पिरती टुटेको छैन। ४८ सालदेखि चुनाव लड्दै आएको छु। अब एक पटक लडछु।’ 

उनले आफूले इलाम निर्वाचन १ बाट जित्ने विश्वाससमेत व्यक्त गरे। अहिले पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए। ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ। एक्लो डेढुको असफलता अनिवार्य छ।’ 

उनले गठबन्धन चुनावसम्म हुन्छ की पछिसम्म जान्छ भन्ने कुरा भन्न नसकिने बताए। तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताए।

Shivam cement

उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सृजना भएको बताउँदै तत्तकाल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए।

नेता खनालले अहिले आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताए। ‘मुलुकका लागि बृहत वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ,’ उनले भने।

पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए। ‘वामदेव जी हामीसँगै हुनुहुन्छ। चुनाव चिन्ह कुनै सिद्धान्त होइन,’ उनले भने, ‘हामीसँगै छौं।’

प्रकाशित: Aug 21, 2022| 11:17 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...