शनिबार, साउन २३, २०८३

गिरीको निधनबाट राजनीतिमा गहिरो अभावको अनुभूति : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदीप गिरीको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति हुने बताएका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदीप गिरीको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति हुने बताएका छन्।

वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता गिरीको निधनप्रति दुःख व्यक्त गर्दै प्रचण्डले समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति हुने बताएका हुन्।

‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ। गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा भनेका छन्। 

प्रकाशित: Aug 21, 2022| 08:15 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...