शनिबार, मंसिर ६, २०८२

अग्रता जोगाउन नसक्दा डर्टमन्ड पराजित

डर्टमन्डकै वेस्टफलन रंगशालामा सम्पन्न खेलमा उसले ३-२ को हार बेहोरेको हो।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- जर्मन शीर्ष डिभिजन लिग फुटबल बुन्डेसलिगाको शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले वेर्डर ब्रोमेनसँग हार बेहोरेको छ। डर्टमन्डकै वेस्टफलन रंगशालामा सम्पन्न खेलमा उसले ३-२ को हार बेहोरेको हो।

National life

खेलको पहिलो हाफमा अग्रता बनाए पनि डर्टमन्डले त्यसलाई जोगाउन भने सकेन। डर्टमन्डका लागि पहिलो हाफको स्टपेज समयमा जुलियन बेन्डिक्टले गोल गरेका थिए।

त्यसपछि खेलको ७७औं मिनेटमा रोफे गुरेइरोले गोल गरेपछि त डर्टमन्डसले दुई गोलको अग्रता बनाएको थियो। तर अन्तिम छ मिनेटमै वेर्डरले कमब्याक जित निकालेको हो।

खेलको ८९औं मिनेटमा र इज्युरी समयमा गरेर वेर्डरले तीन गोफर्काएर जित निकालेको हो। यो हारपछि डर्टमन्ड अंकतालिकाको सातौ स्थानमा छ भने वेर्डर आठौं स्थानमा छ। तीन खेलबाट सात अंक बनाएको मोन्छेनग्लाडबाख तालिकाको शीर्षस्थानमा छ।

उसले गएरातिको खेलमा हेर्था बर्लिनलाई १-० ले हराएको थियो। त्यस्तै, गएरातिको खेलमा माइन्जले २-१ को जित निकालेको थियो भने लिभरकुसनले होफेनहाइमसँग ३-० को हार बेहोरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 21, 2022| 07:50 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।