शनिबार, मंसिर ६, २०८२

ला लिगामा रियल मड्रिडको शानदार जित

पहिलो हाफमै दुई गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्दै सानदार जित निकालेको हो।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- शनिबार राति सेल्टा भिगोको मैदानमा सम्पन्न स्पेनको शीर्ष डिभिजनको फुटबल ला लिगामा रियल मड्रिडले घरेलु टिमविरुद्ध जित निकालेको छ।

National life

पहिलो हाफमै दुई गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्दै सानदार जित निकालेको हो। खेलको अन्तिममा इडेन हजार्डले पेनाल्टीमा गोल गर्न नसके पनि रियलले ४–१ को जित निकालेको हो।

खेलको १४औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै रियलले सुरुआति गोल गरेको थियो। तर २३औं मिनेटमै पेनाल्टीको साहयोगमा सेल्टाका लागो असपसले खेललाई १–१ को बराबरी गरेका थिए। तर रियलका मिडफिल्डर लुका मोड्रिचले पहिलो हाफको ४१औं मिनेटमा गोल गरेर पहिलो हाफम्र अग्रता बनाए।

खेलमा भिनिसियस  जुनियरले ५६औं मिनेटमा र फेडेरिको भालभर्डेले ६६औं मिनेटमा गोल गरेपछि रियलले सानदार जित निकालेको हो। खेलमा भालभर्डेका लागि भिनीसियसले पास दिलाएका थिए भने भिनिको गोलका लागि मोड्रिचले पास दिए। शनिबार रातिकै खेलमा मायोर्काले घरेलु मैदानमा रियल बेटिससँग हार बेहोरेको छ भने पाहुना टिम कार्डिजले ओसासुनासँग जित निकाल्न सकेन र २–० को हार बेहोर्‍यो।

यता ८८औं मिनेटमा १० खेलाडीमा समेटिएका सेभिया र भालाडोलिड भने १–१ को बराबरीमा रोकिएका छन्। शनिबाररातिको खेलसँगै रियल मड्रिड शीर्षस्थानमा छ भने रियल बेटिस दोस्रो स्थानमा छ। त्यस्तै समान ६ अंक बनाएको ओसासुना तालिकाको तेस्रो स्थानमा छ। सेभिया र भालाडोलीडको समान १–१ अंक हुँदा कार्डिज भने अंकविहिन छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 21, 2022| 07:40 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।