शनिबार, साउन २३, २०८३

कांग्रेस नेता प्रदीप गिरीको अन्त्येष्टि आजै

नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको अन्त्येष्टि आजै गरिने भएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको अन्त्येष्टि आजै गरिने भएको छ। घाँटीको क्यान्सरबाट ग्रसित प्रतिनिधि सभा सदस्य ७५ वर्षीय गिरीको शनिबार राति ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गिरीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि दुई बजेपछि पशुपति आर्यघाट लगिने जानकारी दिए। 

नेपाली कांग्रेसले शनिबार राति नै शोक वक्तव्य जारी गरी गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी कार्यालयमा राखिने जनाएको छ। त्यसअघि बिहान नौ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङगणमा रहेको शिवालय मन्दिर अगाडि उनलाई श्रद्धाञ्जली दिने कार्यक्रम तय भएको छ। 

११ बजेर ३० मिनेटपछि उनको पार्थिव शरीरलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपामा राखिनेछ। दुई बजेपछि उनको पार्थिक शरीरलाई पशुपति आर्यघाट लगिनेछ। त्यहाँ उनलाई अन्तिम श्रद्धाञ्जली दिइनेछ।

उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा‌. पंकज वर्मनका अनुसार गिरीको शरीरका अन्य भागमा पनि क्यान्सर फैलिसकेको थियो। क्यान्सरका साथै निमोनियाको संक्रमण जटिल बन्दा गिरीको बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको वर्मनले बताए।

प्रकाशित: Aug 21, 2022| 06:55 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...