बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मानहानी मुद्दामा मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ

मानहानी मुद्दामा मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ

राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

नयाँ दिल्ली- राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र  नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ।

अधिवक्ता सुरेन्द्र शर्माले सो मुद्दा  दायर गरेका  थिए  जसको सन् २०१३ को विधानसभा चुनावमा उनको उम्मेदवारी अन्तिम समयमा रद्द भएको थियो।

अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट (एसीएमएम) विधि गुप्ताले शनिबार आदेश जारी गर्दै उजुरीकर्ताले उद्धृत गरेका रिपोर्टहरूबाट मानहानीको मुद्दा स्थापना  हुन नसक्ने बताउँदै सो आदेश जारी गरेका हुन्। अदालतले शनिबार आदेश जारी गर्दा तीनै जना अदालतमा उपस्थित थिए।

 मुद्दा दायर गर्ने अधिवक्ता सुरेन्द्रकुमार शर्माको भने निधन भैसकेको छ।    

उनको निधनपछि सो मुद्दा उनका भतिजाले  अगाडि बढाइरहेका  थिए।  सो मुद्दामा आरोप खेपिरहेका मुख्यमन्त्रीसहित तीन जनाले लामो समयपछि आज सफाइ पाएका छन्।

kumari

प्रकाशित: Aug 21, 2022| 04:35 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।