बुधबार, फागुन २०, २०८२

सिरियाको बजारमा विस्फोट, १५ जनाको मृत्यु

टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

दमासकस- सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ।

आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।  मृत्यु भएका मध्ये तीन जना बालबालिका पनि छन्। घटना अत्यन्त क्रूर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

उक्त घटनामा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ। घाइतेहरूको उपचार स्थानीय विभिन्न अस्पतालमा भइरहेको छ।

देशको उत्तरी क्षेत्रमा पर्ने अल बाब सहरमा घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्। अमेरिकी समर्थन रहेको कुर्दिस लडाकाहरूको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको भोलिपल्ट यो घटना भएको हो।

यस घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन। सुरक्षाकर्मीहरूले घटनाका दोषीको खोजी भइरहेको जनाएका छन्।

kumari

प्रकाशित: Aug 20, 2022| 23:45 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।