शनिबार, मंसिर ६, २०८२

आर्मी र ललितपुर हाइलाई राष्ट्रिय बास्केटबलको उपाधि

नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन्।

National life

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्‍यो। आर्मीका आयुश सिंहले १९ अंक जोडेका हुन्।

पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको आर्मी दोश्रोमा २५–२६ ले पछि पर्‍यो। बाँकी दुई क्वाटर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित गर्‍यो। आर्मीले तेश्रोमा २०–१३ र चौथोमा २२–१८ को प्रदर्शन गर्‍यो। उपाधिसंगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो।

महिलाको रोमाञ्चक उपाधि भिडन्तमा ललितपुरले आयोजक नखिपोटलाई ३७–३५ को झिनो अन्तरले हरायो। ललितपुरकी अस्मिता थापाले १५ अंक जोडिन्।

पहिलो क्वार्टरमा ललितपुरले ९–८ को सामान्य अग्रता लियो। दोश्रो क्वार्टरमा नखिपोटले ११–५ को अग्रता लिदै मध्यान्तरसम्म समग्रमा ५ अंकले अगाडि रह्यो। तेश्रो क्वाटरको खेलमा ललितपुरले १४–६ को प्रदर्शन गर्नु नै जितको मुख्य आधार बन्यो। चौथो क्वार्टरमा नखिपोटले १०–९ को अग्रता हासिल गरेपनि समग्रमा २ अंकले उपाधि गुमायो। ललितपुरले ३० तथा नखिपोटले १५ हजार नगद पुरस्कार पाए।

Laxmi sunrise bank
kumari

पुरुषमा आर्मीका आयुश सिंह तथा महिलामा ललितपुरकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका छन्। दुवैले जनही ५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे।

विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नेरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले एक कार्यक्रमबीच पुस्कृत गरेका हुन्। साताव्यापी प्रतियोगिताको पुरुषमा १२ तथा महिलामा ४ टिम सहभागी थिए।

प्रकाशित: Aug 20, 2022| 21:07 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।