मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपालले भने - एमालेसँग मिल्ने कल्पना पनि नगरौं, ओलीले भ्रम फैलाए मुखभरिको जवाफ दिऔं

माधव नेपालले भने - एमालेसँग मिल्ने कल्पना पनि नगरौं, ओलीले भ्रम फैलाए मुखभरिको जवाफ दिऔं

नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन्। 

National life

काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा शनिबार बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराएका हुन्। 

अध्यक्ष नेपालले ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने चेतावनी पनि दिए। अध्यक्ष नेपालले हामीलाई अपराधी घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्वीकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह समेत गरेका छन्। 

उनले भने, 'हामी अरुसँग विलिन हुने होइन। हाम्रो विरोधीहरुले कुप्रचार गरिरहेका छन एमालेमा विलिन हुने भनेर। त्यसमा कुनै सत्यता छैन। हाम्रो पार्टी विचारको आधारमा उभिएको छ। हाम्रो पार्टी आर्दशको आधारमा उभिएको छ। त्यसो हुनाले एमालेले जेसुकै बोलोस्। त्यसका नेताहरुले हामीलाई जथाभावी आरोप लगाए हामीले जवाफ दिन सक्नु पर्दछ।'

एमालले गलत प्रचार गरिरहेकोप्रति आक्रोशित नेपालले भने, 'झुटको पुलिन्दा बाँडिरहेका छन। जनतामा भ्रम फैल्याउने कोसिस गरिरहेका छन्। त्यो भ्रमलाई चिर्नुपर्छ हामीले। उनीहरुले लेख्छन भने पनि काउन्टर गर्ने र मुखभरीको जवाफ दिनुपर्छ हामीले। उनीहरुको महिमा गर्ने होइन, केपी ओलीका खुट्टा टाँसीटाँसी हिँडने पनि होइन। हामीलाई समाप्त पार्ने कोसिस गरेसम्म हामीले पनि उनीहरुप्रति माया, दया गरेर बस्‍ने पनि होइन।' 

Shivam cement

अध्यक्ष नेपालले एमालेसँग जाने कल्पना समेत गर्न नसकिने पटक-पटक दोहोर्‍याए। उनले विचार मिल्ने, कुरा मिल्ने बामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाइरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको स्पष्ट पारे।

उनले स्थानीय तहको चुनावमा भन्दा पनि थप सफलता हासिल गर्नका लागि आफ्नो पार्टीले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन कायमै राखेर अघि बढने निर्णय लिएको उल्लेख गरेका छन्। भने, 'हामी गठबन्धन दलहरुसँग अहिले पनि हातेमालो गर्दै अघि बढने पक्षमा रहेका छौं। हाम्रो पार्टीले वामपन्थी दलहरुलाई एकतावद्ध बनाउनका लागि हामीसँग कुरा मिल्ने, विचार मिल्नेहरुसँग एकतावद्ध हुनका लागि हामीले हात अगाडि बढाएका छौं।'

उनले एमाले छोड्नेहरुले खबर गरिरहेको बताउँदै भने, 'अहिले पनि मसँग खबर आइरहेका छन्- केपी ओलीसँग बस्‍न सकिँदैन भन्दै कतिपय मानिसहरुले सम्पर्क गरिरहेका छन्। यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लड्न चाहन्छौं भनिरहेका छन्। त्यसो हुनाले एमालेसँग जाने कल्पना नै गर्न सकिँदैन।'

अध्यक्ष नेपालले पार्टी विभाजन भएको बेला गएका १० भाइहरुको एमालेमा विजोग भइरहेको टिप्पणी पनि गर्नु भयो। एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरुले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको उनको भनाई थियो।


प्रकाशित: Aug 20, 2022| 19:04 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...