बिहीबार, असोज ३०, २०८२

विराटनगरमा राधाकृष्णको रथयात्रा (तस्बिरहरु)

विराटनगरमा ५४ औं संस्करणको रथयात्रा भव्य रुपमा निकालिएको छ। विगतका दुई संस्करण कोरोना महामारीका कारण रथयात्रा हुन सकेको थिएन।
 |  शनिबार, भदौ ४, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, भदौ ४, २०७९

विराटनगर- विराटनगरमा ५४ औं संस्करणको रथयात्रा भव्य रुपमा निकालिएको छ। विगतका दुई संस्करण कोरोना महामारीका कारण रथयात्रा हुन सकेको थिएन। 

Kumaribank

विराटनगर १ राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो साढे ३ वजे निकालिएको रथयात्राले ९ किलोमिटर दुरी पारगर्दै सोही स्थानमा पुगेर समापन हुनेछ।

रथयात्रामा दर्शनार्थीको सहभागिता उल्लेख्य रहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा रथयात्रा मुल समारोह समितिका संयोजक कैलाश रेग्मीले बताए। 

विक्रम संवत १९८८ सालबाट सुरु भएको खटयात्रालाई २०२५ सालदेखि रथयात्रामा परिणत गरिएको हो। रथयात्राका लागि २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाईको रथ तयार पारिएको थियो। विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ। 

र‍थयात्रा सुरु गर्नुअघि भगवान् श्रीराधाकृष्णको मूर्तिलाई खटमा राखी काँधमा बोकेर नगरपरिक्रमा गराउने प्रचलन थियो। खटयात्रालाई रथयात्रामा रूपान्तरण गरिएयता परम्परागत शैलीको आधुनिक रथमा भगवान् श्रीराधाकृष्णको मूर्ति राखेर नगर परिक्रमा गराउने गरिएको श्रीराधाकृष्ण समारोह समितिका अध्यक्ष रेग्मीले बताए।

Metro Mart

रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत हजारौँ भक्तजन आउने गरेका छन्। 


 



प्रकाशित: Aug 20, 2022| 18:52 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।