मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • हिरासतमै लामिछानेको मृत्यु : चार बुँदे सहमति, तीन दिनपछि परिवारले शव बुझे

हिरासतमै लामिछानेको मृत्यु : चार बुँदे सहमति, तीन दिनपछि परिवारले शव बुझे

डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन्। वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

सुर्खेत- डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन्। वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो। 

National life

मृतकका परिवारले लामिछानेको कर्मचारीको कुटाइका कारण मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै शव बुझ्न मानेका थिएनन्। घटनापछि छानबिन समिति गठन गरिएको थियो। पीडित परिवारसँग छलफलपछि मृतक परिवारले शनिबार शव उठाएका छन्। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लामिछानेको परिवारबीच भएको वार्तापछि भएको ४ बुँदे सहमतिपछि पीडित परिवारलाई रोजगारी दिने सहमति भएको छ।

आश्रित परिवारमध्ये दुई जनालाई एक महिनाभित्र रोजगारी दिने सहमति भएको छ। डिभिजन वन कार्यालयका अनुसार लामिछानेका आश्रित दुई जनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा मातहतका निकायमा रोजगारी उपलब्ध गराउने सहमति भएको हो। एक महिनाभित्र उनीहरुलाई रोजगारीमा लगाउने सहमति भएको छ।

यस्तै परिवारले माग गरेको रु २५ लाख क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालयले कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ। लामिछानेका एक छोरालाई उच्च शिक्षा छात्रवृत्ति दिने सहमति भएको कार्यालयले जनाएको छ। सहमतिपछि शव परीक्षण गरी आजै दाहसंस्कार गरिएको मृतकका छिमेकी कुलबहादुर खानले जानकारी दिए। 

डिभिजन वन कार्यालय वीरेन्द्रनगर हिरासतमा लामिछानेको मृत्यु भएको विषयमा छानबिन गर्न शुक्रबार समिति गठन गरिएको थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय एक अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य थिए। 

Laxmi sunrise bank
kumari

समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ। बिहीबार बेलुका वनसम्बन्धी मुद्दामा पक्राउ परेका लामिछानेको कार्यालयको हिरासतमा मृत्यु भएको पाइएपछि उनका परिवार तथा आफन्तले आन्दोलन गरेका थिए। नम्बरिङ गरिएको सालको रूख काटेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो। कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेका थिए। 

प्रकाशित: Aug 20, 2022| 18:30 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।