शुक्रबार, कात्तिक २८, २०८२

मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै

मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको सङ्ख्या अत्यधिक भएको जानकारी दिइएको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

हेटौंडा- मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको सङ्ख्या अत्यधिक भएको जानकारी दिइएको छ।

National life

कार्यालयबाट प्राप्त जानकरीअनुसार गत आर्थिक वर्ष २०७८-०७९ मा छ हजार पाँच सय ३२ जनाले राहदानी लिएका थिए भने अघिल्लो वर्ष २०७७-०७८ मा तीन हजार पाँच सय २४ जनाले राहदानी लिएका थिए। झण्डै यो संख्या दोब्बर रहेको छ।

गत आव २०७८-०७९ मा सो कार्यालयबाट छ हजार नौ सय ४७ जनालाई राहदानीका लागि साधारण सिफारिस भएको थियो भने चार हजार एक सय ३८ जनाको द्रूत सिफारिस भएको थियो। त्यसमध्ये प्रिन्ट भएर आएकामध्ये चार सय १५ राहदानी वितरण हुन बाँकी रहेको बताइएको छ।

त्यस्तै कार्यालयबाट अघिल्लो आव २०७७-०७८ मा तीन हजार पाँच सय २४ राहदानी वितरण भएको थियो। त्यसमध्ये आठ सय ५० राहदानी वितरण हुन बाँकी रहेको छ। सो अवधिमा चार हजार तीन सय ७४ राहदानीका लागि साधारण सिफारिस भएको थियो भने दुई हजार नौ सय ५१ द्रूत सिफारिस भएको थियो।

यसैगरी उक्त कार्यालयले गत आर्थिक वर्षमा विभिन्न प्रकृतिका एक सय ५६ मुद्दा फछ्र्योट गरेको जनाएको छ। 

Laxmi sunrise bank
kumari

गत आवमा दर्ता भएका एक सय ४९ मुद्दा तथा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दामध्ये एक सय ५६ मुद्दा फछ्र्योट भएको सो कार्यालयबाट बुझिएको छ। बाँकी २९ मुद्दा चालु आवमा सरेर आएको छ। 

कार्यालयमा आव २०७८-०७९ मा ५३ वटा नयाँ संस्था दर्ता तथा तीन सय सात संस्थाको नवीकरण भएको छ भने सोही अवधिमा दुई पत्रपत्रिका दर्ता गरी सञ्चालन गर्न अनुमति दिइएको बताइएको छ।

प्रकाशित: Aug 20, 2022| 22:50 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।