शुक्रबार, मंसिर १२, २०८२

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा भट्टराई

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

बुटवल– मानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार बुटवलमा भएको जिल्ला शाखाको २३ औं साधारणसभाले खिमप्रसाद भट्टराई (कृष्ण)को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। उपसभापतिमा कपिल ज्ञवाली, सचिवमा कृष्ण पाण्डे, सहसचिवमा फुलु सुनार र कोषाध्यक्ष लिलाधर लुइँटेल चयन भएका छन्।

National life

त्यस्तै सदस्यहरुमा अर्जुन कुँवर, अर्जुन ज्ञवाली, कृष्ण भण्डारी, मोहनीलाल न्यौपाने, रत्ना कँडेल, केशवराज पाण्डे, सिता पौडेल, नन्दु थापा रहेका छन्। बाँकी १ महिला सदस्य कार्यसमितिको पहिलो बैठकले नियुक्त गर्नेछ।

नयाँ नेतृत्वको कार्यकाल २ वर्षको हुनेछ। साधारणसभाको लुम्बिनी प्रदेश सरकारका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्दै शान्तिपूर्ण आन्दोलनले सार्थक रुप लिने बताए। शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले समाजले परिवर्तनको अभियानको नेतृत्व गरेको बताए। कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले मानव अधिकार सबैको विषय भएकाले शान्ति समाजले अग्रणि भूमिका निर्वाह गरेको बताए।


प्रकाशित: Aug 20, 2022| 17:19 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।