शनिबार, जेठ ३०, २०८३

भदौ १० देखि 'जनताको साथमा कांग्रेस' अभियान

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा कांग्रेसको १४ दिने अभियानका विषयमा जानकारी गराएका हुन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि भदौ १० गतेदेखि १४ दिनसम्म 'जनताको साथमा कांग्रेस' अभियान सञ्‍चालन गर्ने भएको छ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा कांग्रेसको १४ दिने अभियानका विषयमा जानकारी गराएका हुन्। 

National life

कांग्रेसले भदौ १० देखि २४ सम्म गर्ने अभियानमा पार्टीले विगतमा सरकार हुँदा गरेका काम अब गर्ने कामका बारेमा जनतालाई भन्‍ने प्रवक्ता डा. महतले बताए। उनका अनुसार आइतबारदेखि यस अभियानका क्रममा ७७ जिल्ला जाने प्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम दिइनेछ। 

प्रदेश क्षेत्रमा प्रदेश समितिले नै प्रतिनिधि खटाउने पनि उनले जानकारी दिएका छन्। त्यसैगरी जिल्लाले पालिका तहमा र पालिकाले वडा र टोल तहमा प्रतिनिधि खटाउने पनि जनाइएको छ। 

यस अभियानलाई कांग्रेसले चुनावी अभियानका रुपमा अघि बढाउँदैछ। यस अभियानमा कांग्रेसले बढीभन्दा बढी मानिसहरुलाई सहभागी गराउने भएको छ। जस अनुसार जिल्ला समितिसहित सबै तहका समितिहरुले बैठक बोलाएर सबै तहमा जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई समेटेर छलफल अन्तरक्रिया  गरिने पनि बताइएको छ।  

प्रकाशित: Aug 20, 2022| 16:35 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...