मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चलाइँदै बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम

चलाइँदै बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम

बजेट प्रक्रियामा नागरिक सहभागिताले नागरिक र सरकारबीचको सम्बन्धलाई सुदृढ बनाउन मात्र नभई नीति निर्माता तथा प्रशासकलाई बजेट कार्यान्वयनमा सहयोग पुग्ने विश्वास।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं– बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम सुरु भएको छ। युरोपेली युनियन, युएनडीपी, यूएन वुमनको सहयोग र मित्र समाज तथा डेक्को नेपालको संयोजकत्वमा उक्त कार्यक्रम सुरु गरिएको हो।

National life

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको हो।

चालू आर्थिक वर्षमा यो कार्यक्रम ललितपुर महानगर, जनकपुर उपमहानगर, नेपालगञ्ज उपमहानगर, वीरेन्द्रनगर र धनगढी उपमहानगरमा कार्यान्वयन गरिनेछ।सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक संलग्नता सुनिश्चित गर्ने विषय उल्लेख छ।

बजेट प्रक्रियामा नागरिक सहभागिताले नागरिक र सरकारबीचको सम्बन्धलाई सुदृढ बनाउन मात्र नभई नीति निर्माता तथा प्रशासकलाई नागरिक विकासका प्राथमिकता, आवश्यकता र बजेट कार्यान्वयनमा उनीहरूको सहभागितालाई राम्रोसँग बुझ्न मद्दत गर्नेछ।

प्रकाशित: Aug 20, 2022| 14:44 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्