काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टर कुटपिट गर्ने कर्मचारीलाई कारबाही गरेको छ।
प्रतिष्ठानको बैठकले डा. करण साहमाथि कुटपिट गर्ने कर्मचारी धनबहादुर शाही कारबाही गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले कुटपिटमा उत्रिएको आरोप लागेका शाहीलाई ४५ दिन निलम्बन गरेको बताए। उनले घटनाको छानविन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको बताए।
बैठकले डा. पुजन रोकायाको संयोजकत्वमा डा. अनुप समाल र अधिवक्ता मिनबहादुर महत सदस्य रहेको समिति गठन गरेको छ। यो समितिलाई ३० दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ।
प्रतिष्ठान कै चौथो तहमा कार्यरत कर्मचारी शाहीले गत बिहीबार इमर्जेन्सी मा कार्यरत डाक्टर साहलाई कुटपिट गरेका थिए।