शनिबार, साउन २३, २०८३

विकासबाहेक अरू स्वार्थ छैन : नेता पौडेल

निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरू स्वार्थ नभएको बताएका छन्। तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताए। 

जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्न राजनीति गरेको नेता पौडेलले दाबी गरे। ४ मंसिरमा हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने उनले बताए। संविधानको रक्षाका लागि गठबन्धन गरिएकाले आगामी दिनमा पनि निरन्तरता पाउने उनको दाबी छ।

निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्। पौडेलले शनिबार भानु नगरपालिका–३ खहरे, भानु नगरपालिका–६ कटहरे, शेपाबगैंचा, भानु नगरपालिका–५ नारेश्वरटारलगायत ठाउँमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ।–रासस

प्रकाशित: Aug 20, 2022| 14:13 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...