शनिबार, साउन २३, २०८३

प्रचण्ड र युरोपेली युनियनका राजदूतहरूबीच भेटवार्ता

युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटवार्ता गरेको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटवार्ता गरेको छ। 

संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डल आज बिहान अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेको हो।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा राजदूतहरूले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी व्यक्त गरेका थिए। 

त्यस्तै भेटमा उनीहरूले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितहरूको पुनरावेदनको अधिकारबारे पनि चासो व्यक्त गरेका थिए।

भेटको क्रममा उनीहरूले गम्भीर मानव अधिकार उलङ्घनको घटना र पीडितहरूको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए।  

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरूले देखाएको सामूहिक शुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरे।

विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायका संवेदनशीलताप्रती राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त  गरे।

प्रकाशित: Aug 20, 2022| 14:07 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...