शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गिरीको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगिन् राष्ट्रपति भण्डारी

गिरीको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीले मेडिसिटी अस्पताल पुगेर उपचारार्थ नेता गिरीको स्वास्थ्यबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर उपचारार्थ नेता गिरीको स्वास्थ्यबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी छन्।

शनिबार ११ बजे मेडिसिटी अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पताल सञ्चालक समिति अध्यक्ष डा.उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति करिब एक घन्टासम्म अस्पतालमा रहेकी थिइन्। 

प्रतिनिधिसभा सदस्य गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपछि केही महिनाअघि नेपाल फर्किएका थिए।

नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरीलाई थप उपचारका लागि गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। डा.पंकज वर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ।

प्रकाशित: Aug 20, 2022| 13:58 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...