काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पाँच जनालाई पदाधिकारीमा मनोनित गरेका छन्।
राप्रपा नेपालको उपाध्यक्षमा संखुवासभाका दिलनाथ गिरी र ललितपुरका श्यामप्रसाद तिमिल्सिना मनोनित भएका छन्। त्यस्तै, काठमाडौंका केशवराज श्रेष्ठलाई महामन्त्री चयन गरिएको छ।
अध्यक्ष थापाले भक्तपुरका रामसुन्दर विष्ट र कपिलवस्तुका दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री चयन गरेका छन्।
काठमाडौंकी अस्मिता सुवेदी सहायक प्रवक्ता मनोनित भएकी छन्। राप्रपा नेपालको विधानअनुसार, अध्यक्ष थापाले उनीहरूलाई मनोनित गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए।