बाँके- नेपालगञ्जमा करेन्ट लागेर शनिबार बुवा-छोराको ज्यान गएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए।
अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएपछि उनीहरूको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो। शव परीक्षणका लागि भेरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।