शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदीप गिरिको स्वास्थ्यवस्था बुझ्न मेडिसिटी पुगे प्रचण्ड

प्रदीप गिरिको स्वास्थ्यवस्था बुझ्न मेडिसिटी पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत नेता गिरीको स्वास्थ्यवस्था बुझ्न प्रचण्ड मेडिसिटी पुगेका जनाएकी छन्।

दाहालले फेसबूकमा लेखेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्डद्वारा ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर स्वास्थ्य उपचार गराइरहनुभएका नेपाली कांग्रेसका आदरणीय नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ।’

नेता गिरिको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको र उनको आइसीयूमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित: Aug 20, 2022| 09:30 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।