काठमाडौं- राजधानी काठमाडौंको माछापोखरीस्थित ग्यारेजमा पार्किङ गरेर राखेको बसमा आगो लागेको छ।
गएराति साढे १० बजेतिर बुद्ध हल पछाडि रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना५ख ९९६१ नम्बरको बसमा आगो लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो।
मर्मतका लागि राखिएको सो बसमा अचानक लागो लाग्दा पूर्णरुपमा जलेर ध्वस्त भएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।