विराटनगर- मोरङको कदमाहमा करेन्ट लागेर शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ। सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर धनपालथान गाउँपालिका–७ कदमाहकी ३८ वर्षीया कान्तिदेवी मण्डलको मृत्यु भएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार साँझ ६:३० बजेतिर करेन्ट लागेर मण्डल गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले साँझ ७:४५ बजेतिर मृत घोषित गरेको श्रेष्ठले बताए।
घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।