शनिबार, जेठ २, २०८३

प्रदीप गिरी आईसीयूमै

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

National life

स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा सारेर उपचार जारी रहेको गिरिका स्वकीय सचिव कृष्ण खनालले बताए।

गिरिको स्वास्थ्यमा थप समस्या भएकाले शुक्रबार दिउँसोदेखि कसैलाई भेट्न नदिइएको उनले जानकारी दिए। 

गिरिको घाँटीमा क्यान्सर भएपछि गत वर्ष साउनमा उपचारका लागि भारतको मुम्बई लगिएको थियो। करिब एक वर्ष उपचार गरेपछि उनलाई साउनमा नेपाल ल्याइएको थियो। पछिल्लो समय उनलाई निमोनियाले च्यापेपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका डा.पंकज वर्मनसहितको चिकित्सक टोलीले गिरिको उपचार गरिरहेको छ। घाँटीमा देखिएको क्यान्सर पछिल्लो समय शरीरका अन्य भागमा पनि फैलिँदै जाँदा र निमोनियासमेत हुँदा गिरिलाई थप समस्या भएको चिकित्सकले बताएका छन्।

सामाजिक सञ्जालमा गिरीबारे हतारमा लेखेका कुराले दुःखि तुल्याएको अस्पताल प्रशासनले जनाएको छ।

कांग्रेस महामन्त्री विश्‍वप्रकाश शर्माले यतिबेला उनलाई प्रार्थनाको जरुरी रहेको बताएका छन्। उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'अनेक हल्लाहरु केवल हल्ला मात्र हुन्। जीवनका लागि संघर्षरत आदरणीय अग्रज बौद्धिक व्यक्तित्व प्रदिप गिरी अस्पतालबाट स्वस्थ भएर घर फर्किन सक्नुहोस्। सबैले यहि कामना गरौं!'

शुक्रबार दिउँसो कांग्रेस नेता बिमलेन्द्र निधि अस्पतालमै पुगेर  गिरीको स्वास्थ्य अवस्थाबारे बुझेका छन्। अस्पतालबाट फर्केर गिरीको स्वास्थ्य लाभको कामना गरेका थिए। निधिले भनेका छन्,'मेडिसिटीमा दोस्रो पटक प्रदिप गिरीलाई भेटेर बाटोमा फर्किदैछु। स्तब्ध र निरिह छु। ईश्वरी चमत्कारका लागि प्रार्थना गर्दछु। सबैले प्रार्थना गरौं।'

प्रकाशित: Aug 20, 2022| 07:06 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।