शनिबार, साउन २३, २०८३

पदाधिकारी चयन गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ। दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ। 

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षबिहीन भएको थियो। शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन सकेको थिएन।

प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको बताएका छन्। उनले आजको बैठकले यस विषयलाई टुंग्याउने बताए।

प्रकाशित: Aug 20, 2022| 06:21 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...