बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ‘पुटिन र सी जिनपिङ बालीमा हुने जी-२० शिखर सम्मेलनमा सहभागी हुने’

‘पुटिन र सी जिनपिङ बालीमा हुने जी-२० शिखर सम्मेलनमा सहभागी हुने’

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताएका छन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

जाकर्ता- इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताएका छन्।  

विडोडोले ब्लुमबर्गसँग भने, 'सी जिनपिङ आउनुहुनेछ। राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनु भएको छ।'

अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय मुलुकहरूले रूसी नेता पुटिनले यूक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिस्कार गर्नसक्ने बताएका थिए।

तीनै मुलुकका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर रूस र चीनलाई एकतर्फी आफ्ना कुरा राख्न दिननहुने बताउँदै सम्मेलनमा सहभागिता जनाउनु पर्नेमा जोड दिँदै आएका छन्।

पछिल्लो समय अमेरिका र चीनबीच ताइवान बिषयलाई लिएर तनाव बढिरहेका समय यो उच्चस्तरीय सम्मेलन हुन लागेको हो। 

kumari

चीन र अमेरिकाबीच व्यापार, मानव अधिकार, ताइवानलगायतका विभिन्न विषयमा द्वन्द्व हुँदै आएको छ। यसैबीच, युक्रेनमा जारी युद्धले अमेरिकी नेतृत्वको पश्चिमी समूह र मस्कोबीच दरार बढाएको छ।

प्रकाशित: Aug 20, 2022| 06:00 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।