बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानी पत्रकार संगठनद्वारा संसद बाहिर धर्नाको घोषणा

पाकिस्तानी पत्रकार संगठनद्वारा संसद बाहिर धर्नाको घोषणा

पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमनकारी निकाय (पीईएमआरए) ले एरी टेलिभिजन न्यूज च्यानलले ‘सशस्त्र बलको आडमा’ विद्रोह भड्काएर राष्ट्रिय सुरक्षाको लागि स्पष्ट खतरा निम्त्याएको आरोप लगाएको छ। उसले ‘पूर्ण भ्रामक सूचना’मा आधारित ‘गलत, घृणित र देशद्रोही’ सामग्री प्रसारण गरिरहेको दावी गरेको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

इस्लामावाद- पाकिस्तानको टेलिभिजन च्यानल एआरवाई (एरी) न्यूजको प्रसारण स्थगनको विरोधमा पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्ट (पीएफयूजे) ले संसद भवन बाहिर धर्ना दिने घोषणा गरेको छ।

पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमनकारी निकाय (पीईएमआरए) ले एरी टेलिभिजन न्यूज च्यानलले ‘सशस्त्र बलको आडमा’ विद्रोह भड्काएर राष्ट्रिय सुरक्षाको लागि स्पष्ट खतरा निम्त्याएको आरोप लगाएको छ। उसले ‘पूर्ण भ्रामक सूचना’मा आधारित ‘गलत, घृणित र देशद्रोही’ सामग्री प्रसारण गरिरहेको दावी गरेको छ।  

अदालतले पीईएमआरए र उपमहान्यायाधिवक्तालाई पनि नोटिस जारी गर्दै १७ अगष्टसम्मका लागि सुनुवाइ स्थगित गरेको एरी न्यूजले जनाएको छ। 

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का नेता शहबाज गिलले दिएको बयानलगायत अन्य कारण पीईएमआरएले निलम्बन को आदेश दिएको खुलासा भएलगत्तै एरी न्यूजले गिलको बयानबाट आफूलाई अलग्याएको र आफ्नो भनाइ राखेको थियो। 

प्रहरीका अनुसार गिललाई ‘राज्यका संस्थाहरूविरुद्ध बयान दिएको र जनतालाई विद्रोहगर्न उक्साएको’ आरोपमा पक्राउ गरिएको थियो। 

kumari

एरी न्यूजले नेटवर्कद्वारा टेलिभिजनमा प्रसारित कुनै पनि व्यक्तिको टिप्पणी वा रायले च्यानलको नीतिको प्रतिनिधित्व गर्दैन। शाहबाज गिलको बयान उनको व्यक्तिगत विचार थियो यो एरीको सम्पादकीय नीति थिएन। 

यसअघि पीईएमआरएले एरी न्यूजलाई ‘भूटो, घृणित र देशद्रोही सामग्री’ प्रसारण गरेको भन्दै कारण देखाऊ आदेश जारी गरेको थियो। सोमबार पाकिस्तानको एरी च्यानलको प्रसारण पाकिस्तानका विभिन्न भागमा स्थगित गरिएको थियो।

पीएफयुजेका महासचिव राना अजीमले युनियनले मंगलबार इस्लामावादतर्फ मार्च गर्ने र सबै सञ्चारगृह र पत्रकार संगठनका पत्रकारलाई जानकारी दिँदै धर्नामा सहभागिताका ालगि पत्र लेखेको जानकारी दिएका छन्।

उनले भने, 'पत्रकारहरू अझै एकजुट छन् र एरी न्यूज प्रसारणको बहाली नभएसम्म संसद भवन बाहिर धर्ना जारी राख्नेछन् भन्नेमा हामी विश्वस्त छौँ।'

एरी च्यानलको पुनःस्थापनाको लागि आह्वान गर्दै पीएफयूएफ नेताले भन्नुभयो, “युनियनका सदस्य तथा नेताहरू जेल जान तयार छन्, तर धर्ना अन्त्य गर्ने छैनन्।” अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कार्यले अन्ततः लोकतन्त्रलाई नै क्षति पुर्‍याउने भएकाले सचेत भएर काम गर्न उनले सरकारलाई सुझाव दिए।

सिन्ध उच्च अदालत (एसएचसी) ले एरी न्यूज च्यानल प्रसारणको बहालीको सम्बन्धमा लिखित आदेश जारी गरेको छ र दुई दिनभित्र पक्षहरूबाट अनुपालन रिपोर्ट माग गरेको थियो।

पाकिस्तान विद्युतीय सञ्चारमाध्यम नियमनकारी निकाय (पेमरा) लाई अगस्ट ११ मा जारी गरिएको सूचनामा भनिएको छ, 'एनओसी मेसर्स एआरवाई कम्युनिकेशन्स प्राइभेट (लिमिटेड) को पक्षमा जारी गरिएको छ। एजेन्सीहरूको प्रतिकूल रिपोर्टको आधारमा तत्काल प्रभावले र अर्को आदेश नभएसम्मका लागि रद्द गरिएको छ।'

यसअघि अगस्ट १० मा सिन्ध उच्च अदालतले पेमरा र केबल अपरेटरहरूलाई सरकारले दिएको आदेशमा स्थगित गरिएको एरी न्यूजको प्रसारण तत्काल बहाल गर्न निर्देशन दिएको थियो।

सिन्ध उच्च अदालतले गरेको १० पृष्ठ लामो आदेशमा एरी न्यूजलाई पीईएमआरएले जारी गरेको कारण देखाऊ आदेश निलम्बन गरेको छ। अदालतले सञ्चारमाध्यम नियामक निकायलाई अर्को सुनुवाइ नभएसम्मका लागि टिभी च्यानलहरूको लाइसेन्स निलम्बन गर्न पनि रोक लगाएको छ।

प्रकाशित: Aug 20, 2022| 00:15 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।