बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने

अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने

अस्ट्रेलियाले श्रीलंकालाई अत्यावश्यक खाद्यान्‍न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

सिड्नी- अस्ट्रेलियाले श्रीलंकालाई अत्यावश्यक खाद्यान्‍न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको छ।

अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकास तथा प्रशान्त मन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन्। 

'अस्ट्रेलियाले श्रीलंकालाई ७० वर्षयताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बेला अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ। यस चुनौतीपूर्ण समयमा, अष्ट्रेलिया विशेष गरी गम्भीर कठिनाइको सामना गरिरहेका श्रीलंकाका जनताको साथमा उभिएको छ। यो थप सहयोगले अष्ट्रेलियाको आधिकारिक विकास सहायता प्रतिक्रियालाई सात करोड ५० लाख अमेरिकी डलरमा पुर्‍याएको छ,' अस्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अस्ट्रेलियाको विदेश मन्त्रालयले श्रीलंकालाई निरन्तर सहयोग गर्दै पारस्परिक हितलाई समर्थन गर्नुका साथै सहयोग र सामुदायिक सम्पर्कमा आधारित ७५ वर्ष लामो सम्बन्धलाई थप मजबुत बनाउने बताएको छ।

यो अतिरिक्त मानवीय सहायता सन् २०२२-०२३ मा श्रीलंकालाई जारी विकास सहायताका लागि दिइएको दुई करोड ३० लाख अमेरिकी डलरको अतिरिक्त भएको जनाइएको छ। 

kumari

यसअघि गत जुनमा अस्ट्रेलियाले श्रीलंकालाई पाँच करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो। श्रीलंकाले अहिले सत्तरी वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ, जसका कारण खाद्यान्न, औषधि र इन्धनको अभाव भएको छ।

सात दशकयताकै सबैभन्दा खराब आर्थिक संकटका कारण विदेशी मुद्राको अभाव भएको र यसका कारण इन्धन, औषधि र मलजस्ता अत्यावश्यक वस्तुको आयात ठप्प भएको थियो।

'श्रीलंकाका ३० लाख मानिसहरूलाई उनीहरूको दैनिक पोषण आवश्यकता पूरा गर्न मद्दत गर्न आपतकालीन खाद्य सहायताका लागि हामी विश्व खाद्य कार्यक्रमलाई तत्काल दुई करोड २० लाख अमेरिकी डलर सहयोग गर्नेछौं।' 

प्रकाशित: Aug 20, 2022| 05:30 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।