आइतबार, साउन २४, २०८३

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

गिरि अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ।

गिरि अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। 

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए।

गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता विमलेन्द्र निधिले ट्विट गर्दै गिरिको स्वास्थ्य लाभको कामना गरेका छन्। 

गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली काङ्ग्रेस वैचारिक अभियानको आयोजनामा नेपाल सांंस्कृतिक संघले शुक्रबार प्रार्थना सभासमेत आयोजना गरेको थियो। 

प्रकाशित: Aug 19, 2022| 17:16 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...