आइतबार, साउन २४, २०८३

वाइसिएललाई विश्राम लिन छुट छैन : अध्यक्ष दाहाल

वाइसिएललाई शान्तिपूर्ण फौजका रूपमा काम गर्न दाहालको निर्देशन।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाइसिएल पार्टीको सहायक संगठन भएकाले विश्राम लिन छुट नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित माओवादीको भ्रातृ संगठन वाइसिएलको दोस्रो भेलालाई सम्बोधन गर्दै दाहालले शान्तिपूर्ण फौजका रूपमा काम गर्न निर्देशन दिएका हुन्।

उनले देशका वामपन्थी शक्तिलाई एकताबद्ध बनाउन कोसिस गरिरहेको जानकारी दिए। कम्युनिस्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष दाहालले भने, ‘वाइसिएलमा युद्ध लडेका, त्याग र बलिदानी गरेकाहरू छन्। वाइसिएलमा वैचारिक एकता हुनुपर्छ।’ उनले पद पाउनकै लागि हिजोआज प्रतिस्पर्धा हुन लागेको बताए। संघर्षभन्दा पद पाउन प्रतिस्पर्धा हुनु गलत रहेको उनको भनाइ थियो।

प्रकाशित: Aug 19, 2022| 15:10 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...