बिहीबार, असोज ३०, २०८२

'प्रकाश' को वर्ल्ड प्रिमियर जुम्लामा

चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिने भएको छ। आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबार जुम्लामा वर्ल्ड प्रिमियर हुन लागेको हो।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिने भएको छ। आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबार जुम्लामा वर्ल्ड प्रिमियर हुन लागेको हो।

Kumaribank

जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्र सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्रांगणमा वर्ल्ड प्रिमियर गर्न लागिएको निर्देशक दिनेश राउतले जानकारी दिएका छन्। आइतबार हुने प्रिमियरका लागि चलचित्रका लेखक विकास सुवेदी सहितको टिम शनिबार जुम्ला जानेछ।

प्रायः चलचित्रको वर्ल्ड प्रिमियर मल्टिप्लेक्स हलमा रेड कार्पेटका साथ सेलिब्रटीहरुका बीच गर्ने गरिन्छ। तर, प्रकाशको प्रिमियर भने गाउँको विद्यालयमा प्रोजेक्टरमा गरिने भएको छ। चलचित्र हेर्न स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाउँबासीलाई निम्ता दिइएको छ। जुम्लाको परिवेशमा कथा भनिएका कारण चलचित्रको पहिलो दर्शकका रुपमा स्थानीय जनतालाई रोजेको निर्माण पक्षले जनाएको छ।

निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहनसहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानीय जनतालाई चलचित्र देखाउन लागिएको जनाएका छन्। चलचित्रको काठमाडौंमा भने ८ गते बुधबार प्रिमियर गरिने जनाइएको छ।

चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ। मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको छ। दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्र विकास सुवेदीले लेखेका हुन्।

Metro Mart

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्। 

प्रकाशित: Aug 19, 2022| 14:41 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।