शनिबार, मंसिर ६, २०८२

युनाइटेडमा रोनाल्डोको सकस

क्रिष्टियानो रोनाल्डो अहिले नयाँ गन्तव्यको खोजीमा छन्। उनले म्यानचेस्टर युनाइटेड छाड्ने लक्ष्य त सिजनको सुरुवातदेखि नै लिएका थिए। तर विविध समस्याका करण उनले युनाइटेड छाड्न सकेनन्।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– क्रिष्टियानो रोनाल्डो अहिले नयाँ गन्तव्यको खोजीमा छन्। उनले म्यानचेस्टर युनाइटेड छाड्ने लक्ष्य त सिजनको सुरुवातदेखि नै लिएका थिए। तर विविध समस्याका करण उनले युनाइटेड छाड्न सकेनन्। 

National life

क्लब छाड्ने चर्चाकै बीच उनले युनाइटेडको ट्रेनिङमा सहभागी हुँदै युनाइटेडका लागि दुई खेल पनि खेलिसकेका छन्। तर दुवै खेलमा पराजित हुँदै रोनाल्डोको टिम प्रिमियर लिगको पुच्छरमा रहेको छ। क्लबको खराब प्रदर्शनका कारण रोनाल्डो अहिले  फेरि पनि क्लब छाड्ने विषयमा सक्रिय भएका छन्। रोनाल्डो अझै पनि च्याम्पियन्स लिग खेल्न चाहन्छन्। तर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन सकेन्।

केही समय अघिसम्म रोनाल्डोलाई नबेच्ने विषयमा बोल्दै भन्दै आएको क्लबले भर्खरै मात्रै उनी अब जान चाहेमा जान दिने बताइसकेको छ। रोनाल्डोको युनाइटेडसँग सन् २०२३ सम्मको सम्झौता छ। तर रोनाल्डो सम्झौता एक वर्ष बाँकी रहे पनि क्लब छाड्न चाहन्छन्। क्लब छाड्ने विषय बाहिर आएसँगै अहिले रोनाल्डोसँग स्पेनिस क्लब एथ्लेटिको मड्रिड, जर्मन क्लब बरुसिया डर्टमन्ट, पोर्चुगलको स्पोर्टिङ क्लब तथा अन्य क्लब उनलाई भित्र्याउन इच्छुक भएका छन्। 

यसैीच एथ्लेटिको मड्रिडका प्रशिक्षक सिमोनी रोनाल्डोलाई क्लबमा भित्र्याउन इच्छुक त देखिएका छन् तर क्लबमा रोनाल्डोका लागि कुनै पनि ठाँउ छैन। एथ्लेटिकोका फ्यानहरुले रोनाल्डोलाई चाहँदैनन्। किनकी रोनाल्डो रियल मड्रिडमा हुँदादेखि युभेन्टसमा हुँदाका व्यवहारहरुले रोनाल्डो र एथ्लेटिकोको सम्बन्ध राम्रो छैन। केहि दिनअघि एथ्लेटिकोले खेलेको एउटा खेलमा दर्शकहरुले आफूहरुलाई रोनाल्डो चाहिँदैन भनेर पोष्टरहरुमा प्रदर्शन गरेका थिए।

सिमोनीले रोनाल्डोको आफ्ना दर्शकसँगको सम्बन्ध राम्रो भएको अवस्थामा क्लबमा अनुबन्ध गर्न धेरै सहज हुने थियो। तर उनीहरुबीचको सम्बन्ध राम्रो नभएका कारण सिमोनी चाहेर पनि रोनाल्डोलाई अनुबन्ध गर्न सक्दैनन्। रोनाल्डोले सबैभन्दा धेरै गोल गरेको विपक्षी टिम पनि सेभिया र एथ्लेटिको मड्रिड नै हो।  साथै रोनाल्डो प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडी हुन् जसले गर्दा रोनाल्डोलाई जुनसुकै क्लबले अनुबन्ध गर्न सक्दैन। रोनाल्डो कम्तिमा पनि अझै पाँच वर्ष युरोपको शिर्ष क्लबमा रहेर च्याम्पियन्स लिग खेल्न चाहन्छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 19, 2022| 14:00 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।