सोमबार, मंसिर १८, २०८०

सुरेश बडालको दोस्रो कृति ‘मायाका मसिना अक्षर’को लोकार्पण

प्रकाशक फाइनप्रिन्टको अफिसियल पेज फेसबुक, इन्स्टाग्राम र ट्विटरमा एकसाथ भिडियो सार्वजनिक गरेर उपन्यास लोकार्पण गरिएको हो।
 |  शुक्रबार, भदौ ३, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं- लेखक सुरेश बडालको नयाँ उपन्यास ‘मायाका मसिना अक्षर’ भिडियोमार्फत लोकार्पण गरिएको छ। 

sagarmatha cement

प्रकाशक फाइनप्रिन्टको अफिसियल पेज फेसबुक, इन्स्टाग्राम र ट्विटरमा एकसाथ भिडियो सार्वजनिक गरेर उपन्यास लोकार्पण गरिएको हो।

उत्कृष्ट कृतिका रूपमा बडालको ‘मायाका मसिना अक्षर’ आएको लेखक सुविन भट्टराईले बताए। विशेषगरी आफूलाई उपन्यासको भाषाले तानेको उनको भनाइ छ। ‘यस कृतिको विशेषता इमोसन हो, यसले ठाउँठाउँमा पाठकलाई भावुक बनाउँछ,’ भट्टराईले भने, ‘उपन्यास पढिरहँदा छङछङ खोला बगे झैं आनन्दानुभूति हुन्छ। सुरेशजीको सुन्दर लेखनीले उनलाई एउटा उचाइमा पुर्‍याउनेछ।’  

प्रेमका कथा लेख्नमा आफूलाई रुचि भएको र त्यसै सन्दर्भमा यो पुस्तकको जन्म भएको लेखक बडालले बताए। ‘प्रेमका कथा धेरै पढेको थिएँ। तर कहीँ न कहीँ केही केही खट्किरहन्थ्यो,’ उनले भने, ‘के हिजोआज पनि आदर्श प्रेम जीवित छ ? मायाप्रेमका नाममा छोटा आकर्षण र विकर्षण भइजाने सोसल मिडिया पुस्ताका अप्ठ्याराका कथा किन नलेखूँ भनेर मैले यो प्रयास गरेको हुँ।’  

प्रेम गराउने होइन, प्रेम बुझाउने कथा लेख्न मन लागेकाले नै आफूले यो उपन्यास लेखेको लेखक बडालले जनाए। ‘भ्रमलाई प्रेम मान्नेहरुको दैनिकी लेख्नु थियो,’ उनले भने, ‘यसकारण मैले दिवस र रुबाका घटना उधिन्न थालें। मेरो कथाको पात्र बनेर आइदिने रुबा, दिवस र आरतीलाई पनि धन्यवाद।’  

‘यस कथामा कहीँ न कहीँ हामी युवाको अनुहार देखिनेछ। केही गल्ती गरियो होला, केही धोका खाइयो होला, कसैलाई धोका पनि दिइयो होला। तर जीवनको बुटामा जति जति नयाँ अनुभवका पालुवा पलाउँदै जान्छन्, हाम्रा ज्ञानका जरा पनि फैलिँदै जान्छन्,’ उनी थप्छन्, ‘यसर्थ जीवनका जेजे भोगियो, ती सबै कक्षा थिए भनेर म मान्ने गर्छु। यही दर्शनलाई लिएर यो पश्चात्तापको कथा लेखेको हुँ।’

मान्छेले गल्ती गर्छ र त्यसलाई स्विकार्छ भने त्यो जति उपयोगी शिक्षा अरु हुँदैन, यस मानेमा यो नायकको कथा होइन, जो सबैलाई पराजित गर्छ। यो त खलनायकको कथा हो, जो आफ्नै अपरिपक्वतालाई जित्छ।

लेखनमा रूचि भएको दिवस र काठमाडौंमा सङ्घर्ष गरिरहेकी रुबाबीच फेसबुकबाट सुरू भएको सम्बन्ध जिस्किँदा जिस्किँदै मायामा परिणत हुन्छ। माया गहिरिँदै जाँदा रुबालाई लाग्छ, दिवससँग उसले आफ्नो विगत कोट्याउनुपर्छ। तर रुबालाई के थाहा, त्यसरी इमानदारीपूर्वक खोतलिएको विगत नै कुनै दिन 

दिवसका लागि टाढिने बहाना बन्ला भनेर। रूपमा बहाना जेसुकै होस्, सारमा त महत्त्वाकाङ्क्षा र धोका नै हुन्छ दूरीको कारण। रुबाको जीवनबाट टाढिँदै गर्दा दिवस यस्तो गम्भीर मोडमा पुग्छ, जहाँ उसले साँचो प्रेम सतहमा होइन, हृदयको गहिराइमा भेटिन्छ भन्ने महसुस गर्छ।

आकर्षण र प्रेम, सही र गलत, नैतिकता र व्यावहारिकता अनि भ्रम र प्रेमको मझधारमा बग्ने मायाका मसिना अक्षरले हामीलाई आफ्नै प्रेमको आत्मसमीक्षा गर्न बाध्य पार्छ। सबै कुरा प्रविधिमैत्री भएको सन्दर्भमा पुरानो शैलीबाट भईरहेको पुस्तक विमोचनलाई प्रविधिको प्रयोगबाट गर्ने नौलो कोशिश फाइनप्रिन्टले गरेको छ।

फुड माइक्रोबायोलोजीमा स्नातकोत्तर सुरेश बडाल परम्परागत नेपाली खानेकुरामा शोधअनुसन्धान र शिक्षण गर्छन्। युवा केन्द्रित विषयमा लेख्न रूचाउने उनका विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलमा कविता, कथा, निबन्धलगायत रचना प्रकाशित छन्। कथासङ्ग्रह रहर प्रकाशन गरिसकेका उनको मायाका मसिना अक्षर पहिलो उपन्यास हो।

प्रकाशित: Aug 19, 2022| 08:22 शुक्रबार, भदौ ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।